धर्म परिवर्तन गराउने पाश्चरलाई २ वर्ष जेलको फैसला


काठमाडौं । धर्म परिवर्तन गराएका पास्चर केशवराज आचार्यलाई दुई वर्ष जेल सजाय सुनाइएको छ । मंगलबार डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई २ वर्ष जेल र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

अदालतले डोल्पा त्रिपुरासुन्दरी नगरपालिका २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो जेल सुनाएको हो । गत वर्षको चैत ११ गते पोखराबाट पाश्चर आचार्य पक्राउ परेका थिए ।

आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पाश्चर आचायले यशुले कोरोना संक्रमण निको पारिदिने भन्दै अफवाह फैलाएका थिए । उक्त भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरलसमेत भएको थियो ।

प्रकाशित : २०७८ मंसिर १४, मंगलवार २२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ