सिरहामा विद्युत चुहावट रोक्न गएका कर्मचारीलाई गाउँलेको रामधुलाई !


टुडेखोज, सिरहा । विद्युत् चुहावट नियन्त्रण गर्न गएका विद्युत प्राधिकरणका तीन कर्मचारी बुधवार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ सरहन्चियामा कुटिएका छन् ।

चुहावट नियन्त्रणगर्न सुरक्षाकर्मीसहित १४ कर्मचारी सरहन्चिया गएका थिए ।  जसमध्ये फिल्ड इन्चार्ज प्रकाशनारायण चौधरीसहित तीन जनामाथि कुटपिट गरिएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र यादवले जानकारी दिए ।

प्रमुख यादवका अनुसार चौधरीको घाँटीमा गम्भीर चोट लागेकाले थप उपचारका लागि विराटनगर पठाइएको छ । अन्य दुई कर्मचारीको अबस्था सामान्य छ । उनीहरु स्थानीय स्तरमै उपचार गराएका छन् ।

गाउँलेले तीन जना नेपाल प्रहरी, सात जना सशस्त्र प्रहरी हुँदाहुँदै विद्युतका कर्मचारीलाई घेराबन्दी गरेर कुटपिट गर्दै पिकअप भ्यानको सिसासमेत तोडफोड गरेको बताइएको छ ।

प्रकाशित : २०७८ मंसिर १५, बुधबार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ