यि शहर विश्वकै सबैभन्दा महँगो घोषणा, के छ त्यहाँ ?


इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो शहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको हो ।

महँगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो । ‍इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य शहरको तुलनामा बढी देखिएको जनाइएको छ ।

त्यस्तै, पेरिस र सिंगापुर दुबै शहर दोस्रो स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्रो र चौथो स्थानमा छन् । त्यसैगरी, न्युयोर्क र जेनेभा क्रमश: पाँचौं र छैटौँ स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन सातौं, लस एन्जेलस आठौं र जापानको ओसाका नवौं स्थानमा परेका छन् ।

प्रकाशित : २०७८ मंसिर १६, बिहीबार ०४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ