मुसा मार्ने औषधी मिसाएको दुध सौतेलो छोरालाई खुवाएपछि…


कैलाली । धनगढी उपमहानगरपालिका २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापा मगरलाई मारेको आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको छ ।

भारतको हरियाणाबाट पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निशान मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए । सौतेनी आमा रोकाया सोही दिनदेखि फरार थिइन् ।

भारतीय प्रहरीको सहयोगमा रोकायालाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । जिल्ला अदालतबाट म्याद थप गरी रोकायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ