जनकपुरमा भगवान राम र लक्ष्मणले यसरी गरे ‘नगर दर्शन’ (हेर्नुस् फोटोहरु)


जनकपुरधाम । राम-सीता विवाह पञ्चमीको पहिलो दिन आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा ‘नगर दर्शन’ गरिएको छ । त्रेता युगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा ‘नगर दर्शन’ गरिएको हो ।

तीन बालकलाई गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरनमा सजाएर सांकेतिक रुपमा मिथिलाको भ्रमण गराइएको हो । नगर दर्शनका लागि जानकी मन्दिर प्रांगणमा पसलहरु राखिएको थियो । राम र लक्ष्मणको चरित्र धारण गरेका बालकहरूलाई राम चरित्रमानस र रामायणका श्लोकलाई संगीतबद्ध गरी मन्दिरका पूजारीले मिथिलाको वर्णन गरेका थिए ।

रामजानकी विवाह महोत्सवअन्तर्गत दोस्रो दिन १८ मंसीरमा फूलबारी लीलाको कार्यक्रम छ । यसवर्ष मंसीर २२ मा विवाह पञ्चमी परेको छ । विवाह पञ्चमीको अवसरमा आजदेखि १० दिनका लागि मासु, माछा, मदिरा र लागुपदार्थ खरिद विक्री तथा सेवनमा पूर्णरुपले रोक लगाइएको छ ।

 

प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ