धनुषा : निधन भएका वडाध्यक्षको परिवारलाई ५ लाख सहयोग


टुडेखोज, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको निधन भएपछि उनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

निधन भएका वडाध्यक्ष मोक्तानको परिवारलाई धनुषाधाम नगरपालिकाले आर्थिक सहयोग बापत ५ लाख रुपैया सहयोग गरेको हो । मेयर बालेश्वर मण्डलले मृतक वडाध्यक्षको परिवारलाई चेक हस्तान्तरण गरेका छन् ।

नगर कार्यपालिकाको निर्णय बमोजिम आर्थिक सहयोग गरेको मेयर मण्डलले बताएका छन् । उनका अनुसार कोरोना भाइरसका कारण वडाध्यक्ष मोक्तानको निधन भएको थियो ।

प्रकाशित : २०७८ मंसिर १८, शनिबार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ