दुबई उड्न लागेका ७६ यात्रुलाई अध्यागमनले रोक्यो


काठमाडौं । दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ । उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका थिए । ‘सहकारीको पत्र ल्याएर ७६ जना मान्छे आएका थिए । ७० प्रतिशत महिला थिए’ उनले भने, ‘मानव ओसारपसार जस्तै महिला ओसारपसार गर्न खोजेको हुनसक्छ । त्यसैले फर्कायौं ।’

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए ।

यसअघि ४/५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ । आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको शाहीले बताए ।

‘कसैले प्रष्ट जवाफ दिन सक्दैनन्,’ प्रमुख अधिकृत शाहीले भने, ‘भिसा एक/डेढ महीनाभन्दा धेरैको छ तर उनीहरु चार दिनका लागि जान लागेको बताउँछन्, महिलाहरूलाई त्यहाँ लगेर घरेलु काममा लगाउन हुनसक्छ ।’

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ