एनआरएनए चुनाव : मतदाता नामावली प्रकाशन (सूचीसहित)


काठमाडौं । आगामी पुस ११ र १२ गते हुने गैरआवासीय नेपाली संघ ९एनआरएनए०को मतदाता नामावली सार्वजनिक भएको छ । प्रकाशित मतदाता नामावालीउपर दावी विरोधको समय बुधबार अपरान्ह ४ बजेसम्मलाई दिइएको छ ।

उक्त समयभित्र संसोधन नियमित गर्न निवेदन नदिइए विधानअनुसार नियमावलीबाट नाम हटाइने जनाइएको छ ।अफ्रिका, अमेरिका, एसिया, युरोप, मध्यपूर्व र ओसियानासहित अध्यक्षले चुनेका मतदाताको नामावली प्रकाशन गरिएको हो । मंसिर २४ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

मंसिर २५ (डिसेम्बर ११)मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ (डिसेम्बर १२)मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ (डिसेम्बर १३)मा उम्मेदवारविरुद्ध दाबी विरोध, २८ (डिसेम्बर १४)मा उजुरीउपर निर्णय, २९ (डिसेम्बर १५)मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ (डिसेम्बर १७)मा उम्मेदवारको मनोनयनपत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, पुस ३ (डिसेम्बर १८)मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

१० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सयजनाले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनका लागि ६४ देशबाट ३५ सयजना प्रतिनिधि छनोट भइसकेका छन् ।






प्रकाशित : २०७८ मंसिर २१, मंगलवार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ