हिजाे ओमिक्रोन पुष्‍टि भएका २ जनाकाे रिपोर्ट आज नेगेटिभ !


काठमाडौं । नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको कोभिड रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरु दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हाे ।

संक्रमित भएका नागरिकहरू अहिले पनि चिकित्सककाे निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो । एक दिनमै रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य विज्ञहरु आशचर्य चकित भएका छन् ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार १८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ