यूएईमा अब हप्तामा ४ दिन मात्रै काम गरे पुग्छ !


सीएनएन । अन्तर्राष्ट्रिय वित्तीय केन्द्र दुबईसहित यूएईभर अब हप्तामा केबल चार दिन र आधा मात्र काम गर्नुपर्ने नियम ल्याइने भएको छ । अब त्यहाँ सरकारी कार्यालयदेखि स्कुलसम्म सबै शुक्रबार दिउँसो ठीक १२ बजे नै बिदा हुनेछन् ।

विश्वव्यापी व्यवसायलाई सहज पार्नका निम्ति यस्तो गर्न लागिएको हो । यो नियम आगामी जनवरी १ देखि नै लागू हुने बताइएको छ । ‌मुसल्मान बाहुल्य मुलुक भएको हुँदा मानिसहरुलाई प्राथना गर्न दिनका लागि पनि शुक्रबार १२ बजेदेखि सबैलाई बिदा दिइने यूएईले जनाएको छ ।

सरकारी मात्र नभएर निजी क्षेत्रका कर्मचारीलाई पनि शुक्रबारका दिन आफूले चाहे अनुसारको समयसम्म काम गर्ने विकल्प दिइनेछ । यसमा घरबाटै काम गर्ने छुट समेत दिलाउने भनिएको छ । उनीहरुले आफ्नो व्यवसायलाई हेरेर कुन दिन सबैभन्दा उत्तम हुन्छ त्यही अनुसार कर्मचारीलाई बिदा दिन सक्ने सरकारतर्फका ‘ह्युमन रिसोर्स’ प्रमुख अब्दुल रेहमान अल अवरले बताए ।

युएइले यसरी कार्य सप्ताहमा हेरेफेर गरेको यो पहिलोपटक चाहिँ होइन । १९९९ देखि २००६ का बीच यूएईले बिहीबार र शुक्रबारका दिन सार्वजनिक बिदा दिने गरेको थियो । तर पछि गएर शुक्रबार र शनिबार बनाएको हो ।

प्रकाशित : २०७८ मंसिर २३, बिहीबार ०८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ