प्रदेश पदाधिकारी र सदस्य संख्या थप गर्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा (माओवादी) ले प्रदेश समिति पदाधिकारी र संख्या समेत बढाएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना राख्ने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सचिव र कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।

अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमीतमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।माओवादीले यही मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।

प्रकाशित : २०७८ मंसिर २३, बिहीबार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ