महोत्तरी ३ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन हुन सकेन


जनकपुरधाम । महोत्तरी ३ मा नेपाली कांग्रेसको अधिवेशन हुन नसक्दा क्रियाशील सदस्यहरु महाधिवेशन केन्द्रीय प्रतिनिधि छनोट हुनबाट बञ्चित भएका छन् ।

संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबीच भएको विवादले उक्त क्षेत्रको अधिवेशन स्थगित भएको हो । बुधवार हुने भनिएको अधिवेशनमा निर्वाचनस्थल बारेको विवाद निष्कर्षमा पुग्न सकेन ।

एक पक्षले पिपरा नगरपालिकामा अधिवेशन हुनुपर्ने र अर्को पक्षले सदरमुकाम जलेश्वरमा हुनुपर्ने अडान राखेका कारण मतदान अधिकृत हेमबहादुर कार्की मतदान गराउन नसक्ने भन्दै हिँडेका थिए । पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरुको आरोप छ ।

तर, निधि पक्षमा पनि टिम मिल्न नसकेका कारण समस्या देखिएको छ । उक्त क्षेत्रमा सभापतिका आकांक्षीमा मनोज झा, रागबेन्द्र झा र रामु यादव रहेका छन् । मनोज र रामु निधि पक्षका हुन् भने रागबेन्द्र पौडेल निकट हुन् ।

त्यसअघि मतदान अधिकृत धिरेन्द्र मण्डललाई अपहरण गरि जबरजस्ती उम्मेदवार निर्वाचित गराउन लागएको भन्दै कांग्रेसको निर्वाचन समितिले सम्पूर्ण प्रकृया खारेज गरेको थियो ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार ०५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ