हृयदेश त्रिपाठी नयाँ पार्टी खोल्दै, २८ गते घोषणा गर्ने


काठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् ।

त्रिपाठीले भने, ‘२८ गते पार्टी घोषणाको कार्यक्रम राखेका छौं । त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्छौं ।’त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए ।

एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिला स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत बनेका थिए ।

अहिले आफूले बनाउन लागेको पार्टीमा तत्कालीन स्वतन्त्र राजनीतिक समूहमा आवद्ध नेताहरु मात्र नभई अरु पनि रहेको त्रिपाठीले बनाए । स्रोतका अनुसार एमाले, जसपा र लोसपाका केहि नेता पनी उनको पार्टीमा जाने तयारीमा छन् ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ