मधेशीका मुद्दा सम्बोधन नभए विस्फो’ट हुन्छ : महन्थ ठाकुर


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ठाकुरले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३९ जना नेता कार्यकर्ताहरुलाई जेलमुक्त गरेको स्मरण गर्दै अझै समस्याहरु बाँकी रहेको बताए ।

१३९ जनालाई जेलमुक्त गरिदिएकोमा ओलीलाई धन्यवाद दिँदै ठाकुरले बाँकी रहेका समस्या पनि सम्बोधनका लागि सरकारसँग आग्रह गरे । उनले भने- केपी ओली जीलाई धन्यवाद दिन चाहान्छु की १३९ जना उहाँबाट मुक्त भएका छन् । अहिले पनि हाम्रा समस्याको सम्बोधन हामी चाहान्छौँ ।’

अध्यक्ष ठाकुरले कुनै पनि आन्दलोलनलाई दबाएर त्यसको सम्बोधन नहुने भन्दै बाँकी रहेको मुद्दाहरुको सम्बोधन हुनुपर्ने बताए । आफ्ना मुद्दाहरु सम्बोधन नभए ज्वालामुखिजस्तै विस्फो’ट हुने चेतावनी पनि उनले दिए ।

ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताए । काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ