ओली शासनबाट मुक्त गरेको छु, यसपल्ट मलाई जिताइदिनुस् : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेदेखि जनताले मुक्ति पाएको महसुस गरेको बताएका छन् ।

उनले १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘धेरैकुरा भन्नु छैन, यसपल्ट मलाई जिताइदिनुस् । ओली शासनबाट मुक्त गरेको छु । मैले जितेँ भने तलदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ ।’

प्रधानमन्त्री समेत रहेका देउवाले ओलीको डर र त्रासबाट मुक्त भएको बताउँदै भने, ‘फेरि पनि डरत्रासमुक्त सरकार ल्याएरै छाडिन्छ ।’ पार्टीको सभापतिमा पुन: जिताइदिन उनको भनाई थियो ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ