महोत्तरीमा बुहारीको कुटाइबाट सासुको मृत्यू


जनकपुरधाम । बुहारीको कुटाइबाट महोत्तरीमा एक बृद्ध महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा महोत्तरीको मटिहानी नगरपालिका ७ का विन्देश्वर खत्वेको श्रीमती ६० वर्षीया जगतारण देवी रहेकी छन् ।

घटना विहिबार रातिको हो । बुहारी तेतरीदेवी खत्वेको निर्घात कुटपिटबाट घाइते जगतारणको घरमै शुक्रबार विहान मृत्यु भएको हो । प्रहरीका अनुसार तेतरीदेवी मृतक जगतारणका कान्छा छोरा उमेशकी श्रीमती हुन् ।

बुहारी तेतरीदेवीले लाठीले टाउकोमा हानेपछि गम्भीर घाइते जगतारणको मृत्यु भएको स्थानीयले जनाएको छ । टाउकोमै गम्भीर चोट लागेकाले उनको मृत्यू भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले कुटेर सासुको ज्यान लिने बुहारी तेतरीदेवीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनका अनुसार झगडाको कारण अहिले खुलिसकेको छैन् ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ