बिमलेन्द्र निधीले प्यानल बिना दिए सभापतिमा उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि विमलेन्द्र निधीले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस सभापतिका लागि निधीको तेस्रो उम्मेदवारी परेको हो ।

निधिले कुनै प्यानल बिना सभापतिमा उम्मेदवारी दिएका हुन् । यसअघि उनले रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न हिजो प्रस्ताव गरेका थिए । यसअघि कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

देउवापछि शेखर कोइराला र प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने तयारी छ । सभापति शेरबहादुर देउवा पनि उम्मेदवारी दर्ता गर्न आइपुगेका छन् । देउवाले आफ्नो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारलाई उठाउने भएका छन् ।

यस्तै उनको समूहबाट महामन्त्री डा। प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुने भएका छन् । यस्तै देउवा पक्षबाट ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लागेका छन् ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाका् नाम टुंगो ल गाएको छ ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ