धनुषामै खुल्यो स्वास्थ्य अनुसन्धान परिषदको कार्यालय


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको सपहीमा खुलेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् इकाइ कार्यालयको आज उद्घाटन गरेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवनसहित कार्यालयको मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् । उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषदको इकाई कार्यालय स्थापना हुनु स्वागत योग्य रहेको बताए ।

मुख्यमन्त्री राउतले परिषदले समय समयमा देखा पर्ने रोगहरुको अनुसन्धान गर्दै उपचारमा सहयोग पु-याउने विश्वास समेत व्यक्त गरे । परिषदलाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तैयार रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

परिषदका अध्यक्ष प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेश सभा सदस्य राम अशिष यादव, स्वास्थ्य निर्देशनालय प्रमुख विजय कुमार झा, प्रादेशिक अस्पतालका प्रमुख डा. प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, लक्ष्मीनियाँ गापा अध्यक्ष विन्देश्वर यादव सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ