काँग्रेस महाधिवेशन: राति ९ बजेसम्म मतदान हुने


काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । काठमाडौँमा जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो ।

साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । जम्मा मतदाता ४७४३ जना छन् । उनले राति ९ बजेसम्म मतदान गर्न पाइने तालिका बनाइएको बताए ।

उम्मेदवार पनि धेरै र पद पनि धेरै भएकाले मतपत्रकोसमेत आकार ठूलो छ । जसका कारण मतदानमा निकै ढिलाइ भइरहेको छ । सभापति देउवालाई मतदान गर्न करिब १ घण्टाको समय लागेको थियो ।

एक सभापति, २ उपसभापति, १४ महामन्त्रीसहित १३४ पदको निर्वाचन हुने भए पनि दुईजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकाले १३२ पदका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् । सभापतिमा ५ जना उम्मेदवार रहेका छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ सभापतिका उम्मेदवार छन् । यस्तै उपसभातिमा ६ जना र महामन्त्रीमा पनि ६ जना उम्मेदवार छन् ।

मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याए निवर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ सभापतिका उम्मेदवार छन् ।

यस्तै उपसभातिमा ६ जना र महामन्त्रीमा पनि ६ जना उम्मेदवार छन् । मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुईजना उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ