माओवादीको विद्यार्थी संगठन प्रदेश २ को अध्यक्षमा सिंह चयन


टुडेखोज, सिरहा । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को प्रदेश अध्यक्षमा पुजन सिंह चयन भएका छन् ।

प्रथम प्रदेश समेलनबाट सिंहको अध्यक्षतामा ६९ सदस्यीय प्रदेश समिति चयन गरिएको हो । प्रदेश समितिको उपाध्यक्षमा चार जना शिवराज धमाल, दिनेश यादब, गायत्री सिंह र किरण श्रेष्ठ चयन भएका छन् ।

यस्तै प्रमुख सचिवको जिम्मेवारी मोहम्मद जुवेरआलमले पाएका छन् । सचिवमा सन्दिप न्यौपाने, बिवेकाननद यादब र बिबेक साह तथा कोषाध्यक्षमा शोभा पाण्डे चयन भएको बताइएको छ ।

अखिल क्रान्तिकारीको प्रथम प्रदेश सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश २ का इन्चार्ज गणेश साह, सह-इन्चार्ज बिशवनाथ साह र महेन्द्र पासवान तथा प्रदेश २ का संचार मन्त्री भरत साह, मन्त्री अजयशंकर नायक, प्रदेश सांसद दिलिप साह लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ