सिरहामा लेखा प्रमुखले खाए दुई कर्मचारीको रकम, मुद्दा दायर गरियो


काठमाडौं । अवकाशप्राप्त कर्मचारीको बिमाबात आउने रकम हिनामिना गरेको आरोपमा विद्युत प्राधिकरणका लेखा प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियार कार्यालयले आज (मंगलबार) विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर दायर गरेको हो ।

प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका क्रमशः धनपति ठाकुर र सत्यनारायण साहको बिमावापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्याएर, निकासा भुक्तानी भौचरमा दस्तखत गराई आफ्नो खातामा गुप्ताले जम्मा गराएका थिए ।

उनले ठाकुरको नामको ८ लाख सात हजार ३ सय ६० रुपैयाँ र साहको १ लाख २४ हजार दुई सय रुपैयाँ आफ्नो खातामा पार्न सफल भएका थिए । कार्यालय सहायकलाई सटही गर्न लगाई गुप्ता आफैले नगद लिएका र बिमाबापतको रकम उनीहरूलाई पाउँदैनौ भनेपछि ठाकुरले प्राधिकरण केन्द्रीय कार्यालयमा सोधपुछ गर्दा बिमाबापतको रकम निकासा भइरहेको थापा पाएका अख्तियारले जनाएको छ ।

पछि ठाकुरले लहान वितरण केन्द्रमा जानकारी गराउँदा लेखा प्रमुख गुप्ताले आफू बच्न उक्त रकम तलमाथि परेको बहाना बनाएका अख्तियारको उजुरी पत्रमा उल्लेख छ । गुप्ताले रकम नदिने मनसायले भ्रष्टाचार गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा ९१० बमोजिम कसूर गरेको ठहर गर्दै यसै ऐनको दफा ५ को उपदफा ९१० बमोजिम सजाय माग गरेको छ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ