ठगी आरोपमा साह पक्राउ


जनकपुरधाम । अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँ बबर महल बस्दै आएका ३८ वर्षीय संजीवकुमार साह छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले साहलाई सोमबार माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो । साहले भक्तपुरका उत्सव सुजखुलाई एभरेष्ट बैंकको कुनै शाखामा काम लगाइदिने र त्यसका लागि २ लाख रुपैयाँ लिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएका छन् ।

पक्राउ परेका साहले आफू अर्थ मन्त्रालयको लेखा अधिकृत रहेको भन्दै पीडित उत्सवलाई विश्वास दिलाएका थिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ