२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो


काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानून र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

आयोगका अनुसार पुस २० गतेसम्म नियमित शुल्कमा दरखास्त दिन सकिनेछ । यस्तै पुस २७ गतेसम्म विलम्ब शुल्क तिरेर समेत दरखास्त दिन सकिने व्यवस्था मिलाएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार ०९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ