क्रिकेट कप्तानबाट ज्ञानेन्द्रलाई हटाइयो, सन्दिप नयाँ कप्तान


काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । सन्दिप लामिछाने नयाँ कप्तान चयन भएका छन् ।

संघको आज बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ ।

मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ । संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।

क्यानले क्रिकेट खेलाडीहरुको ग्रेडिङ गर्दा पक्षपात भएको विषयमा उनीहरुले असन्तुष्टी जनाएका थिए । यस विषयमा छानविन गर्न क्यानले समिति बनाएको थियो ।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ