बस र मोटरसाइकल आपसमा ठाेक्किंदा २ जनाकाे मृत्यु


झापा । सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका ६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार कनकाई ७ दुर्गापुरस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएका हुन् ।

दुर्घटनाबाट गम्भीर घाइतेहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १, बिहीबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ