जुवाको खालबाट विवेकशील साझाका सुनसरी संयोजकसहित ६ पक्राउ


सुनसरी, २३ असोज । इटहरीमा रहेको सिटी गेस्ट हाउसबाट जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ । सिटि गेष्ट हाउसभित्र तास खेल्दै गर्दा इटहरी ९ घर घएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

तासको खालबाट तीन लाख ६५ हजार ३६० रुपैयाँ नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ। इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ ।

  • थाहा खबर
प्रकाशित : २०७६ आश्विन २३, बिहीबार ०७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ