महामन्त्रीको मतगणना अपडेट : गगनको अग्रता कायमै, पछ्याउदै विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

२१२० मत गन्दा गगनले १३८५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा। प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् । खड्का देउवा र गुरुङ डा। शेखर कोइराला प्यानलका हुन् ।

प्रकाशित : २०७८ पुष १, बिहीबार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ