किसानलाई मलखाद र गहुँको विऊ उपलब्ध गराउन सरकारसँग पूर्वमन्त्री अरगरियाको माग


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं धनुषा क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले किसानले भोगिरहेको समस्या विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

अहिले मधेसका जिल्लाका किसान मलखाद नपाएर ठूलो समस्यामा परेका छन् । कतिपय जिल्लाका किसान आन्दोलन समेत सुरु गरिसकेका छन् । तर सरकार मौन रहेको बेला साँसद अरगरियाले किसानलाई आवश्यकता अनुसार मलखाद र गहुँको विऊ उपलब्ध गराउन माग गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका अरगरियाले संघीय सरकार, कृषि तथा पशुपन्छी मन्त्री र प्रदेश २ सरकार किसानको आवश्यकताप्रति खासै चासो नदेखाएकोमा दुःख व्यक्त गरेका छन् । उनले किसानलाई मलखाद सहज रुपमा उपपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् । हेर्नुस् उनले सरकारलाई लेखेको ध्यानाकर्षण पत्र :

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ
विषयस् ध्यानाकर्षण सम्बन्धमा
यस वर्षको गह खेती सुरुभएसगै धनुषा सहित तराई मधेसको किसानलाई रासायनिक मल तथा गहुको बिउ नितान्त आवश्यक रहेको छ । खास गरि प्रदेश नं। २ कृषिमा आधारित प्रदेश हो तर यस प्रदेशका किसानहरुलाई बिगतको वर्ष के यस वर्ष पनि रासायनिक मल तथा गहुँको विउ सहज रुपमा उपलब्ध नभएको सर्वविदितै छ किसानहरुले समयमै मल र विज नपाउँदा उत्पादनमा समेत दिनानुदिन घट्दै गएको कसैसँग लुकेको छैन तर पनि नेपाल सरकार तथा कृषि तथा पशुपन्छी मन्त्री किसानको आवश्यकता प्रति खासै चासो नराख्नु दुःखद हो । प्रदेश नं २ सरकार त किसानहरुको आवश्यकता प्रति कानमा तेल हालेर सुतेकै छ

मुलुककै उर्वर भूमि तराई मधेसका किसान रासायनिक मल र गहुँको विउ नपाउँदा कृषि पेशा प्रति नै नैराश्यता उत्पन्न भएको स्थिती छ । त्यसैले किसानहरुलाई यथाशीघ्र मल तथा विउ उपलब्ध गराउन नेपालसरकार तथा मातहतका मन्त्रालयसँग माग गर्दछ किसानको आवश्कता सहज तथा सरल रुपमा उपलब्ध नभए किसान आन्दोलन गर्न बाध्य हुनेछौं ।
– मा. उमाशकर अरगरिया
प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २, धनुषा

प्रकाशित : २०७८ पुष १, बिहीबार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ