महामन्त्रीमा निर्वाचित गगन थापाले भने- सभापतिलाई सहि ठाउँमा उभ्याउछौं


टुडेखोज, काठमाडौं । महामन्त्रीमा सबभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि गगन थापाले नेपाली कांग्रेसलाई अब भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूलाई मत नदिएका करिब १६ सय मतदाताको पनि मत जित्ने गरी आगामी दिनमा काम गर्ने र आगामी निर्वाचनमा शतप्रतिशत मत ल्याउन प्रयास गर्ने बताए । उनले गलत व्यक्तिलाई छानेछु भनेर मतदाताले भन्ने दिन आउन नदिने बताएका छन् ।

नेता थापाले महामन्त्रीका रुपमा सभापतिलाई सहि ठाउँमा उभ्याएर काम गर्न लगाउने, तागत दिने, दबाब दिने बताएका छन् । उनले नेतृत्व चुक्यो भने बन्द कोठाभित्र ‘तपाई यहाँनेर चुक्नुभयो’ भनेर खबरदारी गर्ने पनि बताए ।

प्रकाशित : २०७८ पुष १, बिहीबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ