भ्रष्टाचारमा मुछिएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सामाजिक विकास मन्त्रालयमा सारियो


जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सामाजिक विकास मन्त्रालयमा सारिएको छ ।

यो अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्नका निम्ति खरीद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।

अख्तियारले छापा मारेको केही दिनमै मन्त्रिपरिषद बैठकले यो कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अभियान सञ्चालन गर्ने जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले यस सम्बन्धी कार्यविधि तयार पारेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो कार्यविधि पारित गरेको प्रदेश २ सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् ।

प्रकाशित : २०७८ पुष १, बिहीबार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ