कांग्रेस महाधिवेशन : सह-महामन्त्रीमा यि ३ जना विजयी, हेर्नुस् डिटेल


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।

दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । उनले २२१५ मत पाएका छन् । मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

यस्तै कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्यापय डिना विजयी भएकी छन् । उनी देउवा समूहकी हुन् । कमला पन्तलाई ४२८ पराजित गर्दै डिनाले २५३३ मत ल्याएइन् ।

यसैगरी आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनी देउवा समूहका हुन् । आङ्दाङ्वेले २७११ मत ल्याए । कोइराला समूहका विकाश लामाले १९१३ मत ल्याए ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार ०६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ