कांग्रेस महाधिवेशन : धनुषाका महेन्द्र यादव मधेसीतर्फको सहमहामन्त्रीमा विजयी


काठमाडौं । नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।

महेन्द्रले २०२६ मत ल्याएर विजयी भएका हुन् । रामकृष्णले १८२० मत प्राप्त गरे । २०६ मतले पराजित भएका रामकृष्ण डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए । विजयी भएका महेन्द्र र पराजित भएका रामकृष्ण दुबै धनुषाकै छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । यससंगै विभिन्न क्लस्टरमा ८ पदका लागि भएको सहमहामन्त्रीको मतगणना सकिएको छ । यसअघि सभापति,उपसभापति र महामन्त्रीको मतगणना भैसकेको छ ।

कांग्रेसको आदीबासी जनजाती,खसआर्य,महिला, मुस्लिम, पिछडिएको क्षेत्र, मधेसी, दलित र थारु गरेर ८ वटा क्लस्टरमा सहमहामन्त्रीको निर्वाचन भएको हो ।अब केन्द्रीय सदस्यको मात्रै मतगणना हुन बाँकी छ । मतगणना ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको हो ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ