नेपालमा १२९ संक्रमित अझै आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १०४ कोरोना संक्रमितको आईसीयूमा र २५ को भेन्टिलेटरमा गरी कुल १२९ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६९ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । सुदुरपश्चिममा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित : २०७८ पुष ३, शनिबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ