एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । एमसीसी र संसद् अवरोधबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएको प्रधानमन्त्रीका सहयोगी गोविन्द परियारले जानकारी दिए ।

बैठकमा एमसीसी संसद्मा लैजानेबारे छलफल हुने जनाइएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेका थिए ।

भेटमा एमसीसी र प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद् अवरोधका विषयमा छलफल भएको थियो । एमालेले २३ भदौदेखि संसद् अवरोध जारी राखेकोमा सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले निष्काशन गरेका सांसद्लाई थमौती गरेर पार्टी विभाजनमा सहयोग गरेको आरोप लगाएको छ ।

उक्त आरोपका कारण सभामुखले मार्गप्रशस्त नगरेसम्म वा सर्वोच्च अदालतमा यस विषयमा परेको रिटमाथि फैसला नभएसम्म संसद् अवरोध जारी राख्ने अडान राखेको छ ।

प्रकाशित : २०७८ पुष ३, शनिबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ