काँग्रेस केन्द्रीय सदस्यमा पदमनारायण चौधरी निर्वाचित


जयनाथ यादव, लहान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पदमनारायण चौधरी पनि निर्वाचित भएका छन् ।

कांग्रेसको विधान अनुसार खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । जसमा चौधरी पनि परेका छन् । खुल्लातर्फ केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार थिए ।

सिरहाको लहान नगरपालिका घर भएका चौधरी विगत लामो समयदेखि कांग्रेसमा सक्रिय छन् । पटक पटक सांसद बनेका उनी मन्त्री समेत भइसकेका छन् ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ