कांग्रेस केन्द्रीय सदस्यमा को को निर्वाचित भए ? हेर्नुस् सूची


काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार डा.शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक , ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहदै निर्वाचित भएका छन् ।

त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत , बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल शीर्ष २५ भित्र अटाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल भएका छन् ।

प्रकाशित : २०७८ पुष ४, आईतवार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ