प्रदेश २ : नक्कली रुपैयाँ बोकेका दुई भारतीय पक्राउ


सर्लाही । जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ बर्षिय प्रमोद कुमार र ३७ बर्षिय आशिष कुमार छन् । उनीहरुको साथबाट १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय नक्कली रुपैयाँ बरामद भएको हो ।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।

शनिवार पक्राउ परेका उनी दुबै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । उनीहरुमाथि कारबाही अगाडी बढाएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष ४, आईतवार २१:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ