जसपाका पूर्व सांसद गुप्तालाई एमालेमा प्रवेश गराउँदै ओली


रूपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती रुपन्देही आएका छन् । सोमबार राती ८ बजे भैरहवा आएका उनी मणिग्रामस्थित ड्रिम ल्याण्ड होटलमा बसेका छन् ।

मंगलबार दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुगेको एमाले सचिव छविलाल विश्वकर्माले बताए ।

मौसम खराबीले नियमित उठानमा समस्या भएकाले अध्यक्ष ओली एकदिन पहिले नै आएको एमाले नेताको भनाई छ । यसअघि मंसिर १ गते बाँकेको नेपालगन्जमा नेता पशुपति दयाल मिश्रसहित ४ हजार ५ सय नेता कार्यकर्ता प्रवेश कार्यक्रममा ओली पुगेका थिए ।

पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए । उनी कांग्रेसका अभिशेक प्रताप शाहसँग निकटतम प्रतिद्धन्दी थिए ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार ०६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ