औरही गाउँपालिकाले राखेको गुहँको बीउ किसानले लुटे


जयनाथ यादव, लहान । सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको गहुँको बीउ किसानले लुटेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको एक घरमा राखिएको अवस्थामा गहुँको बीउ किसानले लुटेका हुन् ।

गहुँको बीउ वितरणमा लापरबाही र आनकानी गरेपछि किसानहरुले लुटेर लगेको औरही गाउँपालिकाका जनमत पार्टीका नेता दीपेन्द्र यादवले बताए । उनका अनुसार किसानहरू बिहानैदेखि लाइन बसेका थिए । तर कर्मचारीहरुको अत्तोपत्तो थिएन । कार्यालय समय हुँदा पनि कर्मचारीहरु नआएपछि किसानले गहुँको बीउ लुटेर लगेका छन् ।

गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवले किसानहरुले साढे तीन सय बोरा गहुँको बीउ लुटेर लगेको बताए । उनका अनुसार एउटा बोरामा ४० किलो गहुँ हुन्छ । वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले कोठाको ताला तोडेर बीउ लुटेको उनको भनाई छ ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १४:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ