धनुषाकी मुक्ता कुमारीसहित ४ महिला कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मधेसीतर्फको महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा समूहले क्लिन स्वीप गरेको छ।

चारै जना महिला केन्द्रीय सदस्य देउवा समूहबाट निर्वाचित भएका हुन् । मुक्ताकुमारी यादव सबैभन्दा बढी ३ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएकी छन् ।

यस्तै मिनाक्षी झाले ३ हजार १२, मञ्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ