जनकपुर : कांग्रेसको एक दिनको खर्च एक वर्षको विवाह पञ्चमीभन्दा बढी


जनकपुरधाम । नेपाली कांग्रेसको प्रादेशिक चुनावका लागि प्रतिनिधि र शुभेच्छुकहरुमा भइरहेको एक दिनको खर्च जनकपुरधामको सबैभन्दा ठूलो महोत्सव रामजानकी विवाहपञ्चमीको भन्दा बढी रहेको छ ।

विवाहपञ्चमीमा लाखौ मानिसहरुको सहभागिता रहे पनि कांग्रेसका केही हजार मानिसले दैनिक गरेको खर्च भन्दा कम रहेको नेपाली कांग्रेसका प्रतिनिधि समेत रहेका व्यवसायी निर्मल कुमार चौधरीले बताएका छन् ।

दुई दिनमा सम्पन्न हुने प्रदेश समितिको चुनाव लम्बिएपछि जनकपुरधाम, ढल्केवर र बर्दिबासको होटेल व्यवसायीहरुलाई भ्याइनभ्याइ छ । महँगा रक्सी, मासु, माछाका विभिन्न परिकार होटेलका महँगा कोठा प्रतिनिधि र शुभेच्छुकहरुलाई उपलब्ध गराइएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ