प्रदेश २ : स्रोत नखुलेको १६ लाख रुपैयाँ बोकेका कुशवाहा पक्राउ


बारा । प्रहरीले स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीया रन्देश कुशवाहा रहेका छन् ।

कुशवाहा भारत बिहार पूर्वी चम्पारण आधारपुरका हुन् । बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकलमा सबार उनलाई कलैया उपमहानगरपालिका १० मटिअर्वा नहर चोकबाट बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुशवाहाको साथबाट प्रहरीले १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार २२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ