साढे ५६ लाख जरिवाना तोकिएका औरहीका यादव पक्राउ


जयनाथ यादव, लहान । सिरहा प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा बैंकिङ कसुर मुद्दामा जेल सजाय र आधा करोड बढी रुपैया जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका १ का शत्रुधन प्रसाद यादवका छोरा ३० वर्षीय सुरेन्द्र कुमार यादव छन् । उनलाई जिल्ला अदालतले ७ दिन कैद र ५६ लाख ५० हजार ९५१ रुपैयाँ सजाय सुनाएको छ ।

तर सजाय सुनाएपछि फरार रहेका यादवलाई प्रहरीले बिहीवार पक्राउ गर्न सफल भएको हो । प्रहरी चौकी हरकट्टीको टोलीले यादवलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

उनीमाथि आवश्यक कारबाही अगाडी बढाएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका यादवमाथि कहिले मुद्दा चलेको र अदालतले कहिले फैसला गरी सजाय सुनाएको कुरा प्रहरीले उल्लेख गरेका छैन ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार २०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ