काँग्रेस प्रदेश २ : महामन्त्रीमा नरेश यादव विजयी भएको घोषणा, तर पछि कसरी हारे !


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्रीमा नरेश यादव विजयी भएको घोषणा गरिसकेपछि मतपरिणाम सच्याएर हारेको भनेपछि विवाद सृजना भएको छ ।

निर्वाचन समितिले महामन्त्रीमा उपेन्द्र यादव र नरेश यादव विजयी भएको घोषणा गरिसकेका थिए । तर पछि मतपरिणाम सच्याएर नरेश पराजित भएको र उनको ठाउँमा बृहस्पति कृष्ण श्रेष्ठले जितेको बताएपछि विवाद भएको हो । अहिले मतगणना स्थलमा नाराबाजी भइरहेको छ ।

नरेश यादव नरेश यादव रामचन्द्र पौडेल अर्थात् शेखर कोइराला समूहका छन् । उनी प्रदेश सभापतिमा पराजित रामसरोज प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । उनी विजयी भएको घोषणा गरिसके तर पछि शेरबहादुर देउवा समूहका बृहस्पति कृष्ण श्रेष्ठ जितेको निर्वाचन समितिले भनिरहेको छ ।

विवादपछि कोइराला पक्षले पुनः मतगणनाको माग गरेका छन् । तर देउवा पक्ष भने पुनः मतगणना गराउन चाहेका छैन । विजयी घोषणा गरिसकेपछि धाँधली गरेर पुनः मतपरिणाम सच्याएपछि निर्वाचन समिति समेत विवादमा तानिएको छ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार २१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ