प्याब्सन सिरहाको अध्यक्षमा उमेश चौधरी निर्विरोध


टुडेखोज, जनकपुरधाम । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिरहाको अध्यक्षमा उमेश चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

लहानको रौनियार सेवा सदनमा शुक्रवार भएको प्याव्सनको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा चौधरी निर्विरोध निर्वाचित भएका हुन् । प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव, उपाध्यक्षमा रिता कुमारी साह, सचिवमा सुरेश साह, सहसचिवमा शुसिल कुमार यादव, कोषाध्यक्षमा धगेद्र योञ्जन र सहकोषाध्यक्षमा उमेश कुमार यादव (बी) चयन भएका छन् ।

यस्तै प्याब्सनका सदस्यहरुमा ताराकान्त चौधरी र विजय यादव सहित ९ जनाको नयाँ कार्यसमिति चयन भएको प्याव्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहले जानकारी दिए । उनका अनुसार यो कार्यसमिति तीन वर्षका लागि चयन भएको छ ।

प्रकाशित : २०७८ पुष १०, शनिबार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ