हामी पदका लागि मारामार गर्दैनौँ : मातृका यादव


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय सम्मेलनबाट नेताहरुको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन् ।

स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले बहुपदमा जाने निर्णयसँगै नेताहरुको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका हुन् । पुँजिवादीहरुको जस्तो पद ओगट्नका लागि मारामार गर्ने अवस्था माओवादीमा नरहेको उल्लेख गरेका छन् ।

उनले भने- बहुपदमा जान्छौँ कुनै समस्या आउँदैन् । त्यो जिम्मेवारी हो । पुँजिवादीहरु जस्तो पद ओगट्न मारामार गर्ने होइन । केन्द्रीय समितिमा छलफल भएर अगाडी बढ्छौँ । उनले सम्मेलनबाट राष्ट्रिय अन्तर्राष्टिय अवस्थाको मूल्यांकन र छलफल गरेर सोही अनुसार नीति र नेतृत्व छनोट हुने बताए ।

प्रकाशित : २०७८ पुष १०, शनिबार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ