मृत भेटिएका एसएसपी यादवको यसरी गरियो अन्त्येष्टि


रूपन्देही । शुक्रबार मृत भेटिएका संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शनिबार नवलपरासीको त्रिवेणीमा शव यात्रासहित अन्त्येष्टि गरिएको छ ।

त्रिवेणीधाम घाटमा यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीयले जानकारी दिएका छन् । शनिबार नवलपरासी रामग्राम नगरपालिका ५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्‍याइएको थियो ।

शवयात्रामा प्रहरीका उच्च अधिकारीहरुसहित आफन्त, नगरवासीलगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए । घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो ।

शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनापछि गृहमन्त्री बालकृष्ण खाँण, उच्च प्रहरी अधिकारी शनिबार नै घटनास्थल पुगेका थिए । गृहमन्त्री खाँणले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित : २०७८ पुष १०, शनिबार १९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ