टुडेखोज, जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सिरहाको आमहड्ताल प्रहरीविरुद्ध नरहेको स्पष्ट पारेका छन् । आन्दोलन असफल पार्न प्रहरी लागेपछि उनले सामाजिक सञ्जालमा आन्दोलनबारे उनले स्पष्ट पारेका हुन् ।
औरही गाउँपालिकाले किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आज आमहड्ताल गरेको हो । आन्दोलन सफल बनाउन जनमतका कार्यकर्ता सडकमा उत्रेपछि प्रहरीले बल प्रयोग गरेपछि पार्टी अध्यक्ष डा. राउतले प्रहरीको पक्षमा समेत बोलेका छन् ।
गरीबका छोरा प्रहरीहरू आफैं पीडित रहेको भन्दै डा. राउतले उनीहरु सानोतिनो तलबमा दिनरात जोतिन बाध्य रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो आन्दोलन किसान र प्रहरीलाई भिडाउने, एक आपसमा जुधाउने, काठमाडौंका महलमा बसेका कमिशनखोर भ्रष्ट शासकहरूविरूद्ध हो ।’
उनले किसानलाई पहिला न्याय देऊ, किसानमाथिको दमन बन्द गर, किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराऊ जस्ता माग गरेका छन् । आमहड्ताल उल्लंघन गरेको भन्दै राउतका कार्यकर्ता तथा किसानहरु चोहर्वामा एउटा ट्रकमा आगजनी गरेका छन् । त्यसअघि मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए ।
औरही गाउँपालिकाले वितरण गर्न गहुँको बीउ राखेको थियो । तर समयमा वितरण नभएपछि किसानहरु कब्जामा लिए । त्यसपछि गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गहुँको बीउ लुटेको भन्दै चार किसानमाथि मुद्दा दर्ता गराएर फसाउन खोजपछि जनमत पार्टी आन्दोलन सुरु गरेको छ ।