सप्तरीमा ५० वर्षीया महिला यादवको ह-त्या


टुडेखोज, लहान । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार ति मृत महिला स्थानीय ५० वर्षीया भुटनीदेवी यादव रहेकी छन् ।

स्थानीयले खेत जाने क्रममा महिलाको शव देखेका थिए । बियरको बोतलले घाँटी रेटेर मारेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा सर्वसधारण भेला भएका छन् ।

ति महिलाको ह-त्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ