जसपा सर्लाही अध्यक्षमा राय चयन


सर्लाही । जनता समाजवादी पार्टी (जसपा)को सर्लाहीको अध्यक्षमा वीरेन्द्र कुमार राय चयन भएका छन् । जिल्ला स्तरीय समायोजनबाट उनी अध्यक्षमा चयन भएका हुन् ।

रायको अध्यक्षतामा २२५ सदस्यीय जसपा सर्लाही जिल्ला समन्वय समिति गठन गरिएको छ । रायको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं संघीय सांसद प्रमोद साहको प्रमुख आतिथ्यमा सम्पन्न समायोजन कार्यक्रममा झण्डै एक हजार बढी पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष रायले मधेशी, दलित, जनजाती, आदिवासी तथा पिछडिएका वर्गको उत्थानका लागि जसपा संवेदशनशील रहेको चर्चा गर्दै पार्टीको संगठन विस्तारको लागि आफू ईमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : २०७८ पुष १२, सोमबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ